काठमाडौँ, २ कात्तिक
नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।
एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनाएको हो । नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।
नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए । त्यसैगरी आकाश त्रिपाठीले ८९ रनको उत्कृष्ट इनिंग खेलेका थिए । त्यस्तै दीपक बोहोराले २९, विशाल विक्रम केसीले २४, दीपक प्रसाद डुम्रेले १४, मिलन बोहोराले ९ दिनेश कँडेलले १४ तथा कप्तान देव खनाल शून्यमा आउट भएका थिए ।
त्यसैगरी साउदीका बलर मुहमद अहमद राजा, अब्दुल्लाह शिराज र मुहमद चायोर अहमदले २-२ विकेट लिएका थिए भने जुहैर मुहमद र शजिब मुजीबुर रहमानले एक एक विकेट लिएका थिए । साउदी अरेवियालाई हराए नेपाल सेमिफाइनलमा पुग्नेछ ।