काठमाडौँ, ३० असोज
इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो ।
भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।मन्त्रालयका अनुसार उनीहरू मंगलबार बेलुका ६–७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने बताइएको छ ।
इजरायलबाट यसअघि २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।
उद्धार गरिएका १९ नेपाली–
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ