चेन्नई । न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै एकदिवसीय विश्वकपमा लगातार तेस्रो जीत हासिल गरेको छ ।
शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो ।
न्युजिल्याण्डले पहिलो खेलमा साबिक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात भने सोचे अनुरूप भने हुन सकेन ।