२४, असोज, चितवन ।
चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवन निर्माण लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
भवन लागि पत्रकार दीपेन्द बर्तौलाले ५ हजार ५ सहयोग गरेका छन् । प्रेस चौतारीको देश कै पहिलो आफ्नै भवन निर्माण हुँदै गरेकोमा खुसी लागेर सहयोग गरेको बर्तौलाले बताए । म श्रमदानमा पनि उपस्थित हुन सकिन, जति सकेको छु त्यति सहयोग गरेको छु पछि आउने दिनमा पनि गर्छु, बर्तौलाले भने, चितवनमा चौतारीको भवन बन्नु हाम्रा लागि गर्वको विषय हो ।
सबैले सकेको सहयोग गरे पत्रकारहरुको संस्थागत विकास र दक्षतावृद्धिमा टेवा पुग्ने उनले बताए । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा बर्तौलालाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भवनका लागि हौसला मिलेको बताए ।
समाजसेवी केशव कार्कीले चौतारी चितवनलाई झण्डैं ७० लाख पर्ने १० धुर जग्गा बन्दै गरेको भवनको लागत लागत १ करोड ५० लाख छ । भवनको पहिलो तलो ढलानको काम सकेर भित्र फिनिसिङ र दोस्रो तला ढलानको तयारी भैरहेको छ ।
भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।
भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए।