Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

स्थानीय ६०० सय जनालाई रोजगारी दिने कुमाल किन वडा अध्यक्षको उम्मेदवार बने ?

चितवन ,बैशाख २१-

नेपालबाट विदेश निर्यात हुने एक उत्पादन हो, भेडाको ऊनबाट बन्ने हस्तकलाका समान । अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ । नेपालबाट यस्ता हस्तकलाका समान निर्माण गर्ने एक कम्पनी भरतपुर २८ मा छ ।

विगत २१ वर्षदेखि लस्ट होराइजन इन्टरनेसनल ह्यान्डिक्राफ्ट इण्डष्ट्रिले अन्तर्राष्ट्रिय मुद्रा नेपाल भित्र्याएको मात्र छैन, स्थानीय ६०० जनालाई रोजगारी पनि दिएको छ । यसका सञ्चालक हुन्, तेल बहादुर कुमाल (विशाल) । उद्योगमा स्थानीय विपन्न ९५% महिलाहरुले काम गर्छन् । उद्योगमा ५ प्रतिशत मात्रै पुरुषले काम गर्ने गर्दछन् । उनीहरु उद्योगमा फेल्ट (भेडाको ऊन)बाट लउनडरी ड्रायर बल, क्याट केभ, पेट टोयज, बल कारपेट, सुज, स्लिपर, हृ्याट, ब्याग, क्रिसमस आइटम,गिफ्ट आइटम, पर्स लगायत सामग्री बनाउँछन् ।

उद्योगले रोजगारी सिर्जना गरेसँगै यहाँ स्थानीयहरुको जीवनमा ठूलो परिवर्तन आएको छ । व्यवसायबाट स्थानीयलाई रोजगारी दिएका विशाल कुमाल अहिले यसै वडाबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन् । वडाको चौतर्फी विकासका लागि ५ दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका कुमाल स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् । २०५० सालदेखि सौराहामा ११ वर्ष पर्यटन व्यवसायी र २०६१ देखि अहिलेसम्म १८ वर्ष उनी फेल्ट वस्तुको उद्योग गरी २९ वर्ष अनुभवी व्यवसायी हुन् कुमाल । उनै कुमाल नेपालको पर्यटकीय गन्तव्य रहेको भरतपुुर २८ मा पर्ने मेघौली, गोलाघाटलाई पर्यटकीय हब निर्माण गर्ने परिकल्पनाका साथ आसन्न बैशाख ३० गते हुने निर्वाचनमा ५ दलिय गठबन्धबाट माओवादी केन्द्रतर्फबाट साझा उम्मेदवार बनेका छन् ।

त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न कुमाल, थारु, बोटे, माझी मुसहर, दलित पिछडा वर्गहरुको समस्यासँग नजिक रहेका कुमालले स्थानीयको जीवनस्तरलाई उकास्न उम्मेदवारी दिएको बताँउछन् ।

को हुन् विशाल कुमाल ?

चितवनमा विस २०२६ साल असोज २ गते भरतपुर २८ गोलाघाटमा जन्मिएका तेल बहादुर कुमाल (विशाल) उपनामले परिचित छन् । उनी स्वर्गीय बुवा धन बहादुर कुमाल र आमा सुनचरी कुमालका कान्छा छोरा हुन् । कुमाल ईमान्दार, मिलानसार, मृदुभाषी र स्वच्छ छवि भएका व्यक्तिका रुपमा चिनिन्छन् । कुमालका २ जना दाजु, एक जना दिदी, श्रीमती र २ छोरा छन् ।
स्थानीय अन्द्रौली आधारभूत प्रथामिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका कुमालले माध्यमिक शिक्षा जानकी मावि मेघौलीबाट पुरा गरेका हुन् । पढाईमा अब्बल रहेका कुमालले विस २०४६ सालमा एसएलसी उतीर्ण गरेसँगै भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन गरेका छन् । त्यही बेलदेखि उनले सौराहामा फुपुका छोराहरुसँगको साझेदारीमा रेष्टुरेण्ट सञ्चालन गरे ।

२ वर्ष साझेदारीबाट रेष्टुरेण्ट सञ्चालन गरेका उनले आफ्नो एकल स्वमित्वमा ९ वर्ष रेष्टुरेण्ट, सोभिनियर सप सञ्चालनमा ल्याए । पर्यटन व्यवसाय छाडेका कुमालले ऊनको सामान उत्पादन गरी विश्व बजारमा निर्यात समेत आफै गर्दछन् ।

राजनीतिक यात्रा
सानैदेखि कम्युनिष्ट चेत भएका कुमाल विद्यार्थी जीवनकालदेखि नै विभिन्न आन्दोलनमा सहभागी हुने गरेका थिए । उनले पञ्चायतविरुद्धको अन्दोलनमा पनि अगुवाई गरेका थिए । त्यस्तै २०४६ सालको अन्दोलनमा उनको सक्रिय सहभागी बने । ईमान्दार, मिलानसार, मृदुभाषी र स्वच्छ छवि भएका कुमाल भरतपुर २८ का जनतामाझ नै लोकप्रिय नेताका रुपमा परिचित छन् ।
विस २०५२ सालदेखि सुरु भएको १० वर्षे जनयुद्धका क्रममा कुमालले पार्टीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पु¥याएका थिए । पार्टीलाई खाद्यान्न, आश्रय एवम् आर्थिक सहयोग पु¥याएका कुमालले माओवादी अन्दोलनलाई उचाईमा पु¥याउने काम गरेका थिए ।
विस २०७४ जेठअघि नेकपा माओवादी केन्द्रको जिल्ला समिति सदस्य रहेका थिए । सफल युवा व्यवसायीको छाप बनाउन सफल कुमाल नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन भरतपुरको उपाध्यक्ष हुन् । नेपाल कुमाल सुधार समितिका काठमाडौँ जिल्ला अध्यक्ष कुमाल नेपाल उनी फेल्ट उत्पादनक तथा निर्यात संघको महासचिव हुन् ।

यस्ता छन् कुमालका योजना
वडा अध्यक्षमा निर्वाचित भएपछि सबैभन्दा पहिला यहाँका भूमिहिनलाई जग्गा दिने कार्य गरिने कुमाल बताउँछन् । वडामा अहिले पनि यहाँ विपन्न परिवारका बालबालिकालाई विद्यालयमा पठाउन सकिएको छैन, उनीहरुलाई विद्यालयको पहुँचमा पुराउने उहाँ बताउँछन् । त्यस्तै खरको छानोमुक्त गर्न पहिलो पहलकदमी हुने उनी बताउँछन् ।
वृद्धवृद्धाहरुका लागि भजनमण्डली, विश्रामस्थल निर्माण गर्ने योजना रहेको उनी बताँउछन् । भरतपुर २८ मा ३० शैयाको अस्पताल निर्माण गर्न प्रथामिकतामा रहेको उनी बताउँछन् ।

कुमालले भरतपुर २८ लाई पर्यटकीय हब बनाउन गोलाघाटमा आईल्याण्ड निर्माण गरी मोटरबोट सञ्चालन गर्ने गरी गोलाघाट किनारलाई प्रयोगमा ल्याउन सकिने बताँउछन् ।

त्यस्तै देवघाट, गोलाघाट र त्रिवेणीसम्म मोटरबोट सञ्चालनमा ल्याईने बताउँछन् । स्थानीय राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा केवलकार सञ्चालनमा ल्याउन सकिने बताँउछन् । त्यस्तै प्यारागलाईडिङ, फाउन्टेन प्रोग्राम, एक पटकमा २०० जना अट्ने सनसेट भ्यु टावर निर्माण कार्यक्रम पनि रहेको उनको योजना छ ।

यस्तै वडालाई खेलकुदमा राष्ट्रिय रुपमा अगाडि बढाउन विभिन्न विधालाई प्रोत्साहन गर्न पूर्वाधार निर्माण गर्ने बताउछन् । यस्तै मेघौली नवलपरासी जोड्ने पुल निर्माणको काम अगाडि बढाउन संघिय सरकारसँग पहल गर्ने उनी बताउँछन् । राप्ती नियन्त्रणका लागि पनि विषेश पहल गरी स्थाई रूपको कंक्रिट वाल निर्माण गरी मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण गर्ने गरी काम थाल्ने उनी बताउँछन् ।
वडालाई पर्यटकीय हब निर्माण गर्दा प्रकृतिको संरक्षण गर्दै प्राकृतिक र स्थानीय कला संकृतिमा आधारित पूर्वाधार निर्माणमा जोड दिने उनी बताउँछन् । कुमालले यस क्षेत्रको विकासका लागि आफ्नै लगानीमा यहाँ स्थानीय जानकी मा.वि. लाई विज्ञान प्रयोगशाला भवन निर्माण ३ वटा विद्यालयहरुमा आर्थिक सहयोग पु¥याएका छन्, उत्कृष्ट विद्यार्थीहरूलाई साईकल प्रदान गरेका छन् भने विपन्न परिवारका बालबालिकाहरूलाई छात्रावृति प्रदान गर्दै आएका छन् । विपन्न एवं दृष्टि विहिनलाई २५ लाखको लगानीमा घर बनाई हस्तान्तरण पनि गरेका छन ।
स्थानीयको समयस्यालाई आफ्नै समस्या ठान्ने कुमालले वडाबासीको हरेक समस्यामा प्रत्यक्ष पुगेर समधान निकाल्ने गरेका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.