Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

काठमाडौं । यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गरे ।

उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए । औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ । यही भदौ २७ गतेदेखि देशमा सात प्रदेशका सात अस्पतालबाट १४ वर्ष पुगी १५ वर्ष नपुगेका किशोरीलाई एचपिभी खोप लगाइने छ । गत असारमा सरकारले चीनबाट खरिद गरेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी किशोरीलाई लगाउने भनेर २० हजार मात्रा ल्याएको थियो ।

महाशाखाका निर्देशक डा. लालका अनुसार कोशी प्रदेशमा कोशी अस्पतालमा भदौ २८ देखि ३० गतेसम्म, मधेस प्रदेशमा वीरन्गजस्थित नारायणी अस्पतालमा भदौ २९ देखि ३१ गतेसम्म, बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भदौ २७ देखि ३० गतेसम्म, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान भदौ २७ देखि ३० गतेसम्म खोप लगाइने छ । यस्तै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा भदौ २७ गतेदेखि ३० गतेसम्म, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतमा भदौ २७ गतेदेखि ३० गतेसम्म र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा भदौ २७ गतेदेखि २९ गतेसम्म एचपिभी खोप लगाइने छ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो । दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने र पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्लुएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गरे । ‘एचपीभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको छ’, उनले भने । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । यस्तै एचपिभी सङ्क्रमण भएपश्चात् हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपिभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने गरेको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्छ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना -६६ दशमलव पाँच प्रतिशत)को मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सरले ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । ‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । सोही भाइरसविरुद्ध एचपिभी खोप प्रदान गर्न थालिएको हो ।

असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । एचपिभी खोप लगाएपछि किशोरीहरूमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने÷वाकवाकी लाग्ने, थकान महसुस हुने÷रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् ।

शाखाका प्रमुख डा गौतमले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनुका साथै सरोकारवालासँग अन्तक्र्रियासमेत गर्ने बताए । पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा महिलामा धेरैजसो लक्षण र चिह्नहरू देखिँदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुने गर्दछ । पछि गएर तल्लो पेट दुख्ने, अनियमितरूपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी जम्ने, कमजोर हुँदै जाने र रक्तअल्पताजस्ता लक्षण पाठेघरको मुखको क्यान्सरमा देखिने गर्दछ ।

विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले अहिले केही उमेर समूहका किशोरीलाई मात्र खोप दिइए पनि आगामी वर्ष सबै १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई प्रदान गर्ने बताए । उनले एचपिभी खोपलाई पनि सरकारले नियमित खोपमा समावेश गर्ने तयारी गरेको बताए । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप लगाउन नहुने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.