Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

जन्मिनेबित्तिकै चोरी भएको छोरालाई ४२ वर्षपछि भेट्दा…

यो पीडादायी कथा एक यस्ता आमाछोराको हो जो ४२ वर्षअघि बिछोडिएका थिए । मारियाले अस्पतालमा बच्चा जन्माउने बित्तिकै अस्पतालका कर्मचारी आएर उनको बच्चालाई लिएर गएका थिए । पछि उनलाई त्यो छोरा फिर्ता दिइएन र उल्टै बच्चा मर्‍यो भनियो । तर ती शिशुको मृत्यु भएको थिएन । त्यसैले अहिले ४२ वर्षपछि आएर ती आमा छोराको भेट भएको छ ।

यो घटना दक्षिण अमेरिकी देश चिलीको भाल्डिभियामा भएको हो । जिमी लेपर्ट थेडनले ४२ वर्षको उमेरमा आफ्नी आमा मारियासँग भेट गर्ने मौका पाएका छन् । त्यो मार्मिक क्षणपछि उनले आफ्नी आमालाई ४२ वर्षको भरपाई हुनेगरी अँगालो हाले ।

जिमीले गत अप्रिलमा आफ्नो परिवारको खेाजी गर्ने अभियान सुरु गरेका थिए । उनले एउटा गैरसरकारी संस्थाको बारेमा पढेका थिए जसले धर्मसन्तानको रुपमा रहेका बच्चाहरुलाई उनीहरुका वास्तविक बुवाआमा तथा परिवारसँग भेटाउने काम गर्दथ्यो ।

उक्त संस्थाले चिलीको राजधानी सेन्टियागोस्थित एक अस्पतालमा जिमी गर्भको समय नपुग्दै जन्मिएको पत्ता लगायो । उनलाई इन्कुबेटरमा राखियो र आमालाई अस्पतालबाट घर जान भनियो । जब उनी पुनः अस्पताल आएर आफ्नो छोरा खोजिन् तब अस्पतालले शिशुको मृत्यु भएको र शवको पनि अन्त्येष्टि भैसकेको जवाफ दियो ।

अमेरिकाबाट एपीलाई दिएको अन्तरवार्तामा जिमीले भनेका छन्, ‘मसँग मलाई धर्मसन्तान बनाएर लगिएको कागज छ जसमा मेरो कोही पनि आफन्त जीवित नरहेको उल्लेख छ । मलाई केही महिनाअघि मात्रै थाहा भयो कि मेरी आमा हुनुहुन्छ र चारवटा भाइबहिनी छन् ।’

जिमीले वकालत पेसा गर्दै आएका छन् र आफूजस्तै अनाथ बालबालिकालाई सहयोग गर्दछन् । जिमीलाई उनकी आमासँग भेटाइदिएको चिलीको सो गैरसरकारी संस्थाका अनुसार सन् १९७० तथा १९८० को दशकमा दशौं हजार बच्चाहरुलाई उनीहरुका परिवारबाट छुट्ट्याइएको थियो ।

चिलीको प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा संस्थाले यस्तो ठहर गरेको छ । सो रिपोर्टमा देश छाडेर गएका तर कहिल्यै नफर्किएका बच्चाहरुको कागजपत्र तथा पासपोर्टको समीक्षा गरिएको छ ।

सो गैरसरकारी संस्थाका संस्थापक तथा निर्देशक भन्छन्, ‘वास्तविकता के हो भने ती बच्चाहरु गरिब परिवार तथा गरिब महिलाहरुबाट चोरिएका थिए जसलाई केही पनि थाहा थिएन । उनीहरु आफ्नो बचावट कसरी गर्ने भन्ने कुरा पनि जान्दैनथे ।’

उनका अनुसार पछिल्लो ९ वर्षमा संस्थाले ४५० भन्दा धेरै त्यस्ता धर्मसन्तानलाई उनीहरुका वास्तविक परिवारसँग भेट गराइदिएको छ ।

अमेरिकामा अन्य गैरसरकारी संस्थाहरुले पनि यस्तै काम गरिरहेका छन् । उनीहरुले तस्करीका सम्भावित पीडित र चिलीका अन्य बच्चाहरुका लागि निशुल्क रुपमा डीएनए परीक्षणको सुविधा उपलब्ध गराउँछन् ।

जिमीको डिएनए परीक्षण गर्दा उनी शतप्रतिशत रुपमा चिलीको बच्चा रहेको पुष्टि भयो । उनका भतिज नाता पर्ने एकजना युवकले पनि MyHeritage प्लाटर्फमको प्रयोग गर्दथे । दुवै जनाको डीएनए मिल्न पुग्यो । त्यसपछि उनले ती युवकलाई आफ्नो धर्म सन्तानवाला कागजपत्र पठाइदिए । जसमा उनलाई जन्म दिन आमाको घरको ठेगाना थियो । साथै आमाको नाम मारिया पनि लेखिएको थियो । ती युवकले आफ्नी आमाको आफन्त पर्ने एकजना महिलाको नाम पनि मारिया रहेको बताए । तर मारियाको फोन उठिरहेको थिएन । त्यसपछि जिमीले आफ्नी पत्नी र छोरीको तस्वीर पनि उनलाई पठाए । अन्ततः उनले आफ्नी आमा चिलीमा रहेको पत्ता लगाए ।

त्यसपछि उनी आफ्नी पत्नी जोन्नाह र दुई छोरीलाई लिएर चिली गए । अनि उनी आफ्नी आमाको घरमा पुगे । आमाको घरमा छिर्दा बित्तिकै उनले आमालाई ४२ वटा रङ्गीबिरङ्गी बेलुन दिए र ती सबैलाई एक एक गरी फोडे । आमासँग बिछोडिएका ४२औं वर्षको प्रतिक थियो त्यो।

छोरालाई देख्ने बित्तिकै आमाले भनिन्, ‘छोरा तिमीलाई थाहा छैन मैले तिम्रा लागि कति महासागर भरेर आँसु बगाएँ । मैले कति रात जागेर भगवान सँग प्रार्थना गरें कि तिमी कहाँ छौं भन्ने कुरा थाहा नपाउन्जेल म नमरुँ भनेर ।’

जनरल अगस्टो पिनोशेको १७ वर्षको शासनकालमा चिलीमा बाल तस्करीलगायतका विभिन्न मानव अधिकार उल्लंघनका घटना भएको बताइन्छ ।

उनले सन् १९७३ को सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति साल्भाडोर अलान्डेलाई सत्ताच्यूत गरी चिलीको सत्ताको बागडोर हत्याएका थिए ।

उनको तानाशाही शासनकालमा चिलीमा कम्तिमा ३ हजार ९५ जना मानिस मारिनुका साथै हजारौँलाई राजनीतिक कारणले यातना दिनुका साथै जेलमा हालिएको थियो ।

Chitwan Aaja चितवन आज
आइतबार, भदौ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.