चितवन,३ भदौ
बिरेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत बिध्यार्थीहरुले १ लाख सम्मको उपाचार निशुल्क पाउने भएका छन्।
आज त्रिभुवन बिश्वबिद्यालयबाट आएका प्रतिनिधि र क्याम्पस प्रसाशन सहित भरतपुर अस्पतालमा गएको टोली बीच उक्त सम्झौता भएको हो ।
विद्यार्थीहरुसँग बिरेन्द्र क्याम्पसले बिगत १० बर्ष देखि स्वास्थ्य सेवा शुल्क बापत रु ५०० उठाउदै आइरहेको थियो । तर रकम उठाउदै आएपनि विद्याथीहरुले स्वास्थ्य सुबिधा भने पाउन सकेका थिएनन् । उक्त स्वास्थ्य सुबिधा पाउनु पर्ने माग राख्दै गत बर्ष नेकपा एमाले निकट अनेरास्ववियुले चार महिनासम्म क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन गरेको थियो । सो आन्दोलनपछि बिद्यार्थी र प्रसाशन बीच भएको सहमतिमा विद्यार्थीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको थियो। सोहि सम्झौता अनुसार विद्यार्थीहरुले भरतपुर अस्पतालमामा निशुल्क उपाचार पाउने भएका हुन्।
उक्त सम्झौतामा विद्यार्थीहरुको एक लाखसम्मको बिमा गर्ने भनिएको छ । सो सुबिधा लिनको लागि बिध्यार्थीहरुले भरतपुर अस्पतालमा उपाचार गराएको बिल क्याम्पस प्रसाशनमा बुझाउनु पर्नेछ र प्रसाशनले पछि बिल भुत्तानी गर्ने निर्णय गरिएको छ।