चितवन, साउन ३० –
कंगारु एजुकेशन फाउन्डेसन चितवनले भदौ १ गते रोड सो कार्यक्रम गर्ने भएको छ । चितवन सहित देशभर रहेका कंगारुको कार्यालयमा पाँच दिनसम्म इन्फरमेसन डे तथा रोड सो हुन लागेको हो ।
कंगारु चितवनका सञ्चालक अनुप गौतमका अनुसार साउन २९ मा काठमाडौंबाट शुरु भएको कार्यक्रम साउन ३० मा बिर्तामोड, साउन ३१ मा इटहरी, भदौ १ मा चितवन, भदौ ३ मा बुटवल र भदौ ५ मा पोखरामा हुँदै छ । कार्यक्रममा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु समेत रहनेछन् ।
चितवनमा सिजी ल्याण्डमार्कमा रहेको कार्यालयमा उक्त कार्यक्रम हुने छ । उक्त रोड शो कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई त्यहाँका युनिभर्सिटी तथा कलेजका बारेमा फास्ट ह्याण्ड इन्फरमेशन त्यहाँकै प्रतिनिधिमार्फत सिधै प्रदान गरिने छ ।
उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालको विभिन्न भागमा रहेका विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याउनु हो । कलेज तथा युनिभर्सिटीका बारेमा सिधा जानकारी विद्यार्थीले प्राप्त गर्न पाउने एक अवसर पनि हो रोड शो ।
कलेजमा अध्यापन हुने विषय, फि स्टक्चर, स्कलरसिप, शैक्षिक गुणस्तर लगातयका बारेमा जानकारी लिन विद्यार्थी तथा अभिभावकलाई सहज हुनेछ । भिजा प्रक्रियाका बारेमा पनि परामर्श दिइने छ ।
रोड सोमा कंगारुले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने विद्यार्थीलाई परामर्श दिइने छ। यी सबै देशमा रहेका विभिन्न २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको इभेन्टमा सहभागिता रहने गौतमले जानकारी दिए । कंगारुले हरेक वर्ष ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ गर्दै आएको छ ।