Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

चितवनका शम्भु सुवेदी ड्रागन खेतीमा रमाउँदै

– नारायण अधिकारी
चितवन, २९ साउन
ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी निकै मेहनतका साथ लाग्नुभएको छ । आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताउनुभएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ ।

बिरुवा उत्पादनदेखि बिक्रीसम्म उहाँ जुट्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उहाँले व्यावसायिक कृषि गरेर यहीँ सम्भव छ भन्ने देखाउनु भएको छ । भरतपुर महानगरपालिका –७ निवासी सुवेदीले विगत तीन वर्षदेखि दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गर्दैआउनुभएको छ । यो खेतीसँगै उहाँले सोही जमिनमा तरकारी, मकै लगायतको खेती गर्दै आउनुभएको छ । सुवेदीले चितवन एकेडेमी फर टेक्निकल कलेजको भरतपुर–७ प्रेमबस्तीमा रहेको जग्गा वार्षिक प्रतिकठ्ठा रु दुई हजार पाँच सयमा भाडामा लिएर खेती गर्दै आउनुभएको छ ।

उहाँले अहिले सो जमिनमा सूर्यमुखी फूल, तरकारी र ड्रागनखेती गरेर वार्षिक रु पाँच लाखदेखि सात लाखसम्म बचत गर्दै आउनुभएको छ । आफु रोजगारीको सिलसिलामा काठमाडौँ बस्दा ड्रागन खाएको र सानैदेखि यसको खेती गर्ने सोच भएकाले अहिले त्यसलाई पूरा गर्न आफु लागेको उहाँले बताउनुभयो । उहाँले मलेसियाबाट नेपाल ल्याएर हुर्काएका एक हजार, भियतनामका दुई हजार र भारतको राजस्थानका दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती गर्नुभएको हो । सुरुमा उहाँले मेसियाबाट ल्याइएका बिरुवाबाट खेती थाल्नुभएको हो ।

उहाँले क्रमशः अन्यत्रबाट बिरुवा ल्याउनु भएको हो । उहाँले भन्नुभयो “सुरुमा मैले मलेसियाबाट ल्याएको ड्रागनको बिरुवाबाट यो खेती सुरुवात गरेको हुँ ।” सुवेदीले तिनै बिरुवा उत्पादन गरेको एक सय किलो ड्रागन फुट्स गतवर्ष दुबई पठाउनुभयो । उहाँले भन्नुभयो “अहिले पनि कतारमा कुरा भइरहेको छ ।” यसको माग विदेशमा समेत बढ्दो मात्रामा रहेको उहाँको भनाइ छ । विदेशमा राम्रो माग रहेको जनाउँदै उहाँले उत्पादन गर्न सके बजारको अभाव नहुने बताउनुभयो ।

सुवेदीको बारीमा अहिले छ प्रकारका ड्रागनका बिरुवा छन् । त्यसमध्ये सेतो र तीन थरी रातो रङ्गको ड्रागनको उत्पादन भइरहेको उहाँले बताउनुभयो । अहिले उहाँको बारीमा भियतानाम र अमेरिकाबाट ल्याइएका बिरुवा उत्पादन दिने तयारीमा छन् । उहाँले भन्नुभयो, “गतवर्ष मैले रु १० लाखको ड्रागन बेचेको हो, अहिले पनि रु तीन लाखको फल बिक्री गरिसकेको छु ।”

बिरुवा बेच्न सके नाफा बढ्ने उहाँको भनाइ छ । गतवर्ष रु तीन लाख बराबरका बिरुवा बिक्री गरेको सुवेदीले बताउनुभयो । सुरुवातमा लगानी धेरै लागे पनि अन्य वर्षमा खासै लगानी नहुने उहाँले जानकारी दिनुभयो । बिरुवा रोपेपछि हरेक वर्ष मजदुर, मल र जग्गा भाडामा मात्रै खर्च हुने उहाँको भनाइ छ ।

विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिम जस्ता मानव जीवनमा आवश्यक प्रसोधित सामग्रीको उत्पादन हुने गरेको सुवेदीले जानकारी दिनुभयो । उहाँले यस खेतीमा एक पटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताउनुभयो । उहाँको तीन वर्षको अनुभवले आफ्नो जमिन हुनेले थोरै ठाउँमा धेरै आम्दानी गर्न सक्छन् । उहाँले भन्नुभयो “आफ्नो बारी बाझै छाडेर विदेश जानुपर्दैन ।” बिरुवा लगाएको पाँच÷छ महिनाबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ ।

वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेष गरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । जिल्लामा ५० देखि ६० बिघा क्षेत्रफलमा यो खेती गरिएको अनुमान छ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरा लगायतका सहरमा पुग्ने गरेको छ । कतिपय उत्पादन विदेशसमेत जाने गरेको छ । सुवेदी नेकपा (एमाले)को प्रदेश समिति सदस्य हुनुहुन्छ । विदेशमा रु ३०÷४० हजार कमाउन जानुभन्दा यही व्यावसायिक कृषि कर्म गर्नु उत्तम हुने उहाँको सुझाव छ । रासस

Chitwan Aaja चितवन आज
सोमबार, साउन २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.