चितवन, साउन २२
चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । खैरहनी १२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङको मृत्यु भएको हो ।
बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि गाउँमा त्रास फैलिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
उनका अनुसार बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार