Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

इन्जेक्शन लगाउँदा पूरानो मेडिकल कलेजमा बिरामीको मृत्यु ? अस्पतालमा तनाव, मिडियासँग लुके डाक्टर (भिडियो)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन १२ –
पूरानो मेडिकल कलेजमा उपचाररत ३२ वर्षीया महिलाको मृत्यु भएपछि मेडिकल कलेज परिसर आज दिनभर तनावग्रस्त बन्यो ।

डाक्टर तथा नर्सहरुले एउटा इन्जेक्शन लगाइदिने बित्तिकै बिरामी छटपटाउँदै मुर्छा परी केही समयमा निधन भएको बिरामीका कुरुवाले बताएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । चिकित्सक र नर्सहरुको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुको हुल अस्पतालको प्रशासनमा प्रवेश गरेपछि तनावको अवस्था सृजना बनेको हो । तोडफोड हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० बडगाँउकी ३२ वर्षीया शर्मिला हटुवाल उप्रेती हुन् । बिरामीकी जेठानी जानकी रिमाल उप्रेतीका अनुसार साउन ९ गते ज्वरो आएपछि उनीहरु शर्मिलालाई लिएर स्थानीय अस्पतालमा गएका थिए । स्थानीय अस्पतालले ज्वरो र पिसाब सम्बन्धी समस्या देखिएपछि भरतपुरको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) मा रिफर गरेको थियो ।

९ गते अस्पताल आउँदा बिरामीलाई ज्वरो आए पनि अरु अवस्था सामान्य थियो । बिरामी बोल्ने, खाने, हिँड्ने सबै गर्दथिन । जेठानीका अनुसार अस्पतालमा रहँदा उनको अवस्था पनि सुधार हुँदै आएको थियो । ज्वरो नरोकिएकाले आइसियुमा उनको उपचार भइरहेको थियो । तर बिरामी खाने, बोल्ने, शौचालय समेत आफै एक्लै जाने गर्दथिन् ।

एउटा इन्जेक्शन लगाएपछि बिरामीले पोल्योपोल्यो भन्दै बेहोस भएर ढलेको र मुखबाट फिज निकालेको शर्मिलाकी जेठानीले बताइन् । त्यसपछि एक घण्टासम्म पनि डक्टरहरु नआएको उनले जानकारी दिइन् । यो सरासर अस्पतालको लापरबाही भएकाले अब अरुलाई पनि यस्तो नहोस् भनेर सचेत गराउन आफूहरुले तत्काल शव बुझ्न नमानेको बिरामीका आफन्तले बताएका छन् ।

शव बुझ्न नमानेपछि आज दिनभर अस्पताल प्रशासन र मृतकका आफन्तसहित स्थानीय जनप्रतिनिधिबीच वार्ता बस्यो । ४ घण्टासम्म बसेको वार्ताले एउटा सहमति निकालेपछि शव बुझ्न बिरामीका आफन्त राजी भए ।

वार्ता टोलीमा रहेका मृतककी जेठाजु नवराज उप्रेतीका अनुसार मृतकका दुई वटा बच्चा बिरामी भए स्वास्थ्य उपचार गरिदिने र १२ कक्षासम्मको शिक्षा दिलाइदिने सहमति भएको छ । बच्चाहरु १० वर्ष र ६ वर्षका दुबै छोरा हुन् । वार्ता टोलीमा शर्मिलाकी श्रीमान् पनि सहभागी थिए । अस्पतालले गल्ति नस्विकारे पनि मानवीय नाताले सहयोग गर्छाैं भनेर अस्पतालले भनेको जेठाजुले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भनेका छन् । लापरबाही हो की होइन भनेर छानबिन गर्न जिल्ला प्रशासनमार्फत छानबिन समिति बनाएर अनुसन्धान गर्ने सहमति भएको उनले जानकारी दिए । सहमति पत्र नभई अहिले सबैको रोहबरमा मौखिक सहमित भएको उनको भनाइ छ ।

वार्ता भइरहेको बाहिरपट्टि १५/२० जना सञ्चारकर्मीहरु हुल बसिरहेका थिए । अस्पताल प्रशासनका तर्फबाट कसैले पनि मिडियामा बोल्न खोजेनन् । एकछिन् एकछिन् भन्दै हिँडेका अस्पताल प्रशासन र चिकित्सकहरु पछि सम्पर्क बिहिन नै भए । सञ्चारकर्मीको समूहले प्रशासनको प्रतिक्रिया लिने लामो प्रयास गर्दा पनि असफल बन्यो । हामी त्यो प्रतिक्रियाको अपेक्षामा छौं उहाँहरु आएपछि भनिदिनुहोला भन्ने खबर सुरक्षागार्ड समक्ष छाडेर सञ्चारकर्मीको टोली फर्किएको थियो । अस्पतालले अझैसम्म कुनै जवाफ दिन आवश्यक ठानेको छैन ।

यसरी सामान्य ज्वरो आएर त्यति ठूलो अस्पताल पुगेको बिरामीको मृत्यु हुँदा अस्पतालको उपचार प्रणालीमाथि नै प्रश्न गर्नु आफन्तहरुको गल्ति होइन ।

बिरामीको मृत्यु सामान्य नै हो भने अस्पतालले किन सम्झौता गर्‍यो ? किन क्षतिपूर्ति दिन खोज्यो ? किन पैसामा कुरा मिलायो ? के उक्त अस्पतालले आफ्नो अस्पतालमा मृत्यु भएका सबै बिरामीका आफन्तलाई क्षतिपूर्ति दिन्छ ? यदि दिँदैन भने शर्मिलाको परिवारलाई मात्र किन ? यदि अस्पतालले लापरबाही गरेको थिएन भने किन यसो गर्‍यो ? किन उ मिडियाबाट भाग्न खोज्यो ? यी यावत प्रश्नको जवाफ पूरानो मेडिकल कलेजको प्रशासन र चिकित्सक टोलीले दिनैपर्छ । हामी अपेक्षा गर्छाैं यी प्रश्नको जवाफ मेडिकल कलेजले दिन मान्ने छ ।

र बनाउने भनिएको छानबिन समिति गठन गरी त्यसले निकालेको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्छ । अस्पतालको गल्ति नै भएको भए त्यसलाई स्वीकार गरी कानुनी कारबाही भोगि आगामि दिनमा यस्ता गल्ति नगर्नतर्फ सँधै चनाखो भइरहनुपर्छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.