काठमाडौँ, ५ साउन
उज्यालो अभियान कार्यक्रम अन्तर्गत एक हजार ८९९ जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रममार्फत् उनीहरूको दृष्टी फर्काइएको हो ।
कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न जिल्लाका एक हजार ८९९ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । उज्यालो अभियान अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकामा २५९ जना, घोराही उपमहानगरपालिकामा १८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा एकसय जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।
अभियानमार्फत् दाङको लमही नगरपालिका भित्रका ४०७ , गढवा गाउँपालिकाका ३१०, रापजपुर गाउँपालिकाका ५ र लमही नगरपालिकाका ९ जनाले शल्यक्रियामार्फत् दृष्टी पाएका हुन् । प्युठानको सरुमाई रानी गाउँपालिकामा ४९, जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २५५, बुद्धभूमि नगरपालिकामा १०० र शिवराज नगरपालिकामा ८० जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ ।






