३० असार ,काठमाडौँ
वर्षायामको समयमा हाम्रो हातखुट्टाको औँला हिलोले खाने गर्दछ । हात र खुट्टाको औँलाको विचमा चिलाउने, रातो हुने र छाला उक्किएर सेता हुने गछर्ज । कसै कसैलाई त हिलोका कारण छाला पाक्ने समस्या पनि हुने गर्छ ।
यो समस्या शहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा पाइन्छ । ग्रामिण क्षेत्रमा पानी परेको बेलामा खेतबारीको काम गर्नु पर्ने भएको कारण टाढा टाढाबाट भेल आएर फोहोर समेत बगाउँने भएकाले यस्तो समस्या हुन्छ । अझ हिलोमा धेरै समय बिताउनु पर्ने बाध्यता रहेकालाई त झन यो समस्या बढी हुने गर्छ ।
शहरी क्षेत्रमा पनि पानी परेकाले सडकमा हिलो हुने कारणले धेरै मानिसहरू यो समस्या देखिन्छ । कतिपय अवस्थामा हिलोले खाने समस्या यति गम्भीर हुन्छ कि पाकेर खुट्टाको औंला नै छिन्ला जस्तो बनाउछ ।
के कारण यस्तो हुन्छ ?
हिलोले खाने समस्याको कारण हो ‘ईन्टरट्राइगो’ । हिलोले खाने समस्यालाइ मेडिकल भाषामा ‘ईन्टरट्राइगो’ भन्ने गरिन्छ । ‘हिलोले खाने’ भनेर चिनिने छालाको यो समस्या खासगरी क्यान्डिडा नामको एक प्रकारको ढुसी फंगाई को कारण हुने चिकित्सकको भनाई छ ।
हिलोका कारण छालामा विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । धेरै बेरसम्म हिलोको सम्पर्कमा रहँदा, काम गरिरहँदा हत्केला र पैँतालाको काप चिरिने गरी असर गर्दछ। । यस्तो अवस्थामा छालाको छेकवारयुक्त क्षमतामा कमी आई फंगाई एवं व्याक्टेरियाको आक्रमणलाई सहज बन्छ ।
लामो समय पानी र हिलोको सम्पर्कमा आइराख्दा छालाको चिल्लो पदार्थले पानी र हिलोबाट सुरक्षित गर्ने क्षमतामा कमी ल्याउँछ र छाला ओसिएर चाउरिने बनाउछ । प्राय लामो समयसम्म पानी चलाउनुपर्ने कामहरु गर्नुपर्ने मानिसहरुलाई यो रोगले बढि सताउने गर्छ । यो वाहेक धेरै पसिना आउने , जुत्ता धेरै बेर सम्म लगाई राख्ने ,सुगर भएका विरामीहरु , धेरै मोटो मान्छेहरुलाई पनि यो समस्या बारम्वार बल्झिने गर्छ ।
यसको उपचार विधि के ?
हामीहरु मध्ये कतिपयले यसको उपचारका लागि घरेलु औषधीको प्रयोग गछौं ।
रोकथाम र उपचार धेरै पानिको प्रयागेलाई कम गर्नुको साथै हात र खुट्टा सुख्खा राख्न सकिएमा हात र खुट्टा हिलोले खान पाउँदैन । अत्याधिक पानीको प्रयोग गर्नुपरे हातमा पन्जा लगाउन उपयुक्त हुन्छ । खुट्टामा पानी परिसकेपछि सफा कपडाले खुट्टा सुख्खा बनाउने गर्नुपर्छ । फन्गस मर्ने औषधि सजिलै बजारमा पाइने हुनाले यस्तो क्रिमको प्रयोग गरेमा यो रोग सजिलै निको हुने चिकित्सकको भनाई छ ।
बारम्वार बल्झि राखेको अवस्था भए चर्मरोग विशेषज्ञसँग परामर्श लिएर औषधि उपचार गर्नु पर्ने हुन्छ । यसबाहेक हिलो पानीमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासेलिन, तेल वा कुनै मोइस्चराइजर लगाउन सकिन्छ । यसले छालामा पर्ने असर घटाउछ । हिलो पानीको कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई क्रिम वा तेल लगाए हिलोले खाने रोगबाट बच्न सकिन्छ ।