चितवन, असार २४
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले २८ औं जिल्ला अधिवेशनको तयारी थालेको छ ।
असार २३ गते बसेको जिल्ला कमिटीको बैठकले असार २८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
‘सार्वजनिक शिक्षाको सुधार र सवलीकरण अनेरास्ववियु चितवनको अभियान सुदृढ र गतिशील संगठन निर्माणको लागि २८ औं जिल्ला अधिवेशन,’ भन्ने नाराका साथ आज अनेरास्ववियु चितवनले अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
अनेरास्ववियु चितवनका प्रचार विभाग प्रमुख अमित आचार्यले फेसबुकमार्फत लोगो सार्वजनिक गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















