चितवन,२२ असार
भरतपुर वडा नम्बर २३ लाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो ।
भरतपुर २१ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ४ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३ \०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ । त्यसमध्ये केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ। यी सूचकहरु पुरा भएकाले वडा नम्बर २१ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो।
वि.सं. २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो। उहाँले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गर्नुभयो । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
महानगरपालिका भित्र ७८ जना बालबालिका विद्यालय बाहिर रहेको छन्। महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उहाँको भनाई छ।
उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो। अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताउनुभयो। घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाई छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधै सबै पक्ष क्रियाशिल हुनुुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई केन्द्रविन्दुमा राखेर महानगरपालिकाले काम गरेको उहाँको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णकुमार गुरुङको अध्यक्षतामा भएको हो।