चितवन,असार १५
बिहीबार दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ – मुग्लिङ सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित सडकखण्डको तीन नम्बर पुल नजिकै सुक्खा पहिरो खस्दा दिउँसो १ः०५ बजेदेखि बाटो अवरुद्ध हो ।
पहिरो झर्ने क्रम न रोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।