चितवन,असार १२
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले नारायणगढ क्षेत्रबाट दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सोमबार गोरखा नगरपालिका वडा नं ४ बस्ने २० वर्षीय सन्तबहादुर अधिकारीको साथबाट नुर्फिन २८ एम्पुल, डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल गरी ८४ एम्पुल र नवलपरासीपूर्व कावासोती नगरपालिका वडा नं २ घर भई भरतपुर—२ बस्ने ३२ वर्षीय सुवास परियारको साथबाट डाइजेपाम ७ एम्पुल, नुर्फिन ९ एम्पुल, फिनार्गन ११ एम्पुल गरी २७ एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
निजहरुलाई चितवन जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।