काठमाडौँ, १२ असार
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलवार उनलाई पक्राउ गरेको हो ।
गुरुङलाई उनकै निवासबाट पक्राउ गरिएको सीआइबीले जानकारी दियो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









