काठमाडाैं असार १२,
बागमती प्रदेशसभा बैठक मंगलवार दिउँसो १ बजे बस्दैछ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमवार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ ।
असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।
सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरू टेबुल गरिएलगत्तै प्रदेशसभा अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















