चितवन, असार १-
भारतीय एक युवाको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
तीर्थयात्राका लागि देवघाट आएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको मृत्यु भएका हो ।
दिउँसो १२ः४५ बजे भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका शर्माको शव दिउँसो १ः२५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनकाका प्रबक्ता डिएसपी विजयराज पण्डीतले जानकारी दिनुभएको छ ।
तीर्थयात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार