Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ १८, २०८२
☰
Logo आइतबार, माघ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • १०. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

जलवायु परिवर्तन : बढ्दो जोखिम र समाधानका उपाय

मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।

यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।

वास्तवमा जलवायु परिवर्तन दुनियाँका सामुन्ने देखा परेको एउटा भयानक चुनौती हो । यद्यपि यो चुनौतीको सामना गर्ने उपायहरु नभएका होइनन् ।

जलवायु परिवर्तन के हो ?

कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो ।

अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।

जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पुर्‍याउँदछन् ।

ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो ।

बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।

१९औं शताब्दीको तुलनामा विश्वको तापक्रम हाल १.१ डिग्री सेल्सियस भन्दा अधिक वृद्धि भैसकेको छ र वातावरणमा कार्वनडाइ अक्साइडको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।

जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।

तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।

स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर ग्रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।

यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।

जलवायु परिवर्तनका प्रभावहरू

विश्वमा प्रतिकूल मौसमी घटनाहरु पहिलेभन्दा तीव्र बनिरहेका छन् जसबाट जीवन तथा जीविकोपार्जनमाथि नै खतरा पैदा भएको छ । पृथ्वीमा तीव्र रुपमा तापक्रम बढ्नाले धेरै क्षेत्रहरु मरुभूमिमा परिणत हुनेछन् ।

पूर्वी अफ्रिकामा लगातार पाँचौ वर्ष पनि वर्षा भएन । लगातारको सुख्खा खडेरी अर्थात् अनावृष्टिका कारण पूर्वी अफ्रिकाका २ करोड २० लाख मानिसहरू भोकमरीको खतरामा परेको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

अत्यधिक तापक्रमले डढेलोको प्रकोप बढाइरहेको छ, गत वर्षको गृष्मयाममा युरोपमा इतिहासकै भयानक डढेलोको प्रकोप देखिएको थियो । फ्रान्स तथा जर्मनीमा यसअघिको औसतको तुलनामा सन् २०२२ को जनवरी तथा जुलाई महिनाको बीचमा झण्डै ७ गुणा बढी क्षेत्रमा डढेलो लागेको थियो ।

गर्मी बढ्नुुको अर्थ ध्रुवीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रहरुमा जमेको बरफ तीव्र रुपमा पग्लिनु र समुद्रको जलस्तर बढ्नु पनि हो ।

कतिपय ठाउँहरुमा भने अतिवृष्टिको कारण गतवर्ष चीन, पाकिस्तान तथा नायजेरियालगायतका मुलुकहरु इतिहासकै भयानक बाढीबाट प्रताडित बने ।

विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।

उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।

आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।

जलवायु परिवर्तनका फरक फरक प्रभाव

विश्वमा जलवायु परिवर्तनका भिन्न भिन्न प्रभाव हुनेछन् । संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा यस्ता असर देखिनेछन् :

· बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्नेछ

· मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्नेछ

· प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्नेछन्

· विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्नेछ

· पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउनेछन्

· अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्नेछ

के गर्दैछन् विश्वका सरकारहरु ?

विश्वका मुलुकहरुले हातेमालो गरेर एकसाथ कदम चालेमा मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिन्छ भन्ने कुरामा विश्व समुदाय एकमत छ । सन् २०१५ मा भएको पेरिस सम्झौतामा पनि विश्व उष्णीकरणलाई १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने संकल्प गरिएको थियो ।

सन् २०२२ को नोभेम्बरमा इजिप्टमा भएको कोप २७ मा समेत विश्वका नेताहरुले जलवायु परिवर्तन रोक्नका लागि नयाँ प्रतिबद्धता जनाएका थिए ।

विभिन्न देशहरुले सन् २०५० सम्ममा शून्य कार्वन उत्सर्जन अर्थात् नेट जिरोको लक्ष्य हासिल गर्ने संकल्प गरेका छन् । यसको अर्थ हरितगृह ग्याँस उत्सर्जनलाई जति सकिन्छ त्यति कम गर्नु र बाँकी उत्सर्जनलाई वातावरणमा पूरै अवशोषण गरेर सन्तुलित राख्नु हो ।

विज्ञहरुका अनुसार पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।

व्यक्तिगत रुपमा के गर्न सकिन्छ ?

जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा :

· हवाई जहाजको यात्रा कम गर्ने

· जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने

· मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने

· ऊर्जा खपत घटाउने, किफायती बनाउने

· आफ्नो घरको उर्जाको चुहावट घटाउने

· ग्रार्हस्थ्य प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने । आदि

बीबीसीबाट

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

ताजा समाचार

सबै

२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

युएई सरकारले दियो २६७ नेपाली नागरिकलाई आममाफी

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

जनवरीमा ९२ हजार पर्यटक नेपाल भित्रिए

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

धरान देखि काठमाडौँ प्रवेश गरेको हर्क साम्पाङको श्रम दानले गर्‍यो धोबीखोला सरसफाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने

साताको पहिलो दिन प्रतितोला १८ हजार ८०० ले घट्यो सुनको मूल्य

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.