काठमाडौं,२९ वैशाख
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१६ जनामा परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमित १२ जना यो अवधिमा निको भएका छन्। हाल देशभर १२९ सक्रिय संक्रमित रहेका छन्।