काठमाडाैं बैशाख २७,
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी गरेको बीबीसीले जनाएको छ ।
एक म्यागेजिनकी लेखिका ई जीन क्यारोलले ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको र आफ्नो मानहानी समेत गरेको आरोप लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ ।
न्यायालयले उक्त घटनामा ट्रम्पलाई दोषी ठहर गर्दै क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको छ ।
यद्यपि अदालतले बलात्कार गरेको घटनामा भने ट्रम्प दोषी नदेखिएको फैसला सुनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















