काठमाडाैं बैशाख २१,
संसारका प्रभावशाली नेतामध्ये पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ ।
छिमेकी देश युक्रेनले मध्यराति ड्रोन हमला गरेर हत्या प्रयास गरेको आरोप रुसले लगाएको छ ।
पुटिनको आवासीय क्षेत्र क्रेमलिनमा २ ड्रोन हमला भएका थिए । जसलाई आतंकवादी हमला पनि भनिएको छ ।
रुसले पुटिनको हत्या गर्ने योजनासहित ड्रोन हमला गरिएको आरोप लगाएको छ तर ड्रोन लक्ष्यमा पुग्न नपाउँदै रुसले नष्ट गरेको थियो ।
रुसले ड्रोन हमलाको आरोप युक्रेनमाथि लगाएको छ । विगत लामो समयदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ ।
लगभग १ महिनाअघि पुटिनले आफू क्रेमलिनस्थित अपार्टमेन्टमा बस्ने गरेको बताएका थिए । त्यसको १ महिनापछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही क्षेत्रमा रुसको संसद भवन पनि छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















