बैशाख २०, चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताउनुभएको छ । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाई कटाई तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाईरहेको प्रमुख दाहालले बताउनुभयो ।वडाबाट दैनिक रुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष २ हजार जानलाई निःशूल्क तालिम दिन लागेको जानकारी दिनुभयो ।
मागको आधारमा हुने तालिमको लागि १२ सय जनाको आवेदन परेको र तालिम दिने अन्तिम तयारी भईरहेको उहाँको भनाई थियो ।
प्रमुख दाहालले भरतपुरको अन्तर्राष्ट्रिय कृकेट रंगशाला, सिटी हल तथा विभिन्न ठूला अस्पताल निर्माण हुँदा हजारौको संख्यामा रोजगारी सिर्जना हुने बताउनुभयो ।
ठूला ठूला परियोजना सम्पन्न भएसँगै दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले अहिलेबाट मागको आधारमा सबैखाले तालिम दिईरहेको प्रमुख दाहालले बताउनुभयो ।भरतपुर महानगरपालिका वडा नम्बर १५ ले २७ वटा टोल विकास संस्थाबाट ३ जनाको दरले छनोट गरी सिलाई र ड्राईभिङको तालिम दिएको थियो । भने सिलाई कटाई मिशिन पनि हस्तान्तरण गरिएको थियो ।भरतपुर महानगरपालिका¬¬ वडा नम्बर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाई मेशिनमार्फत थप रोजगारी सिर्जना गर्न प्रशिक्षर्थीलाई आग्रह गर्नुभयो । सिप सिके कुनै पनि ठाँउमा राम्रो आम्दानी लिन सकिने उहाँको भनाई थियो ।