चितवन,बैशाख १९-
चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् ।
आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनि चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।
शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार