चितवन बैशाख १०
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ। मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए। नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो।