चितवन, वैशाख १
चितवनमा आज नयाँ वर्षको दिनदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु गरिएको छ ।
भरतपुर २९ को चौकीडाँडाबाट उड्ने प्याराग्लाइडिङ तनहुँको देवघाट गाउँपालिका ५ स्थित त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।
हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले प्याराग्लाइडिङ सुरु गरेको ।
कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले प्याराग्लाइडिङ गर्न ६ हजार शुल्क लाग्ने बताए । १० वटा प्याराग्लाइडिङ्ग ल्याइएको र दैनिक ४५ जनासम्मलाई उडाउन सकिने उनको भनाइ छ ।