चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले उपनिर्वाचनलाई मध्यनजर गर्दै सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । आज (शनिबार) भरतपुर महानगरपालिका वडा नम्बर ७ मा सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।
चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राप्रपाले जिल्लाका नेता जीवलाल पुरीलाई उम्मेदवारमा उठाएको छ । चुनावी अवधी नजिकिएसंगै पार्टीले प्रचारप्रसारलाई तिब्रता दिएको छ ।