Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

नारायणगढ–मुग्लिन सडक: पहिरोको जोखिम उच्च

भरतपुर – सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ।

भूगर्भविद् डा. रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउनुभयो। “अहिले सडक विस्तार र सडकको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन (मार्गनिर्देशन) नै गलत छ। हामी पहिला पहाडको चट्टान काट्छाैँ। अनि तल सामान्य ‘टोवाल’ लगाएर माथि त्यसै छाड्छौँ। अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सडकमा झर्ने नै भयो”, लामो समयदेखि सडकसँगैका पहिरो अध्ययन अनुसन्धानमा जुट्नुभएका डा. दाहालले भन्नुभयो।

विश्व बैङ्कको सहयोगमा सन् २०१५ को अप्रिलमा सम्झौता भई तीन अर्ब ३६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरिएको हो। एसियाली मापदण्डबमोजिम दुई लेनको सडक बनाउने योजनाअनुसार यो सडकको निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणका क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आईसीटी)ले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो।

आईसीटीको विज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई सुझाव दिएको थियो। सोही प्राविधिक सुझावका आधारमा आयोजनाले थप १४ करोड रुपियाँ खर्च गरी पहिरो नियन्त्रणको काम पनि ग¥यो तर पहिरो रोकिएन। सडकको २० किलो, १४ किलो, १४ किलो, पाँचकिलो, चार किलोलगायत एक दर्जन ठाउँमा अहिले पनि सामान्य वर्षात् हुँदा पहिरोको समस्या भइरहन्छ। प्राविधिक त्यो अध्ययन टोलीको रायसुझावभन्दा पनि बाहिरबाट पहिरो झरेर समस्या दिएको बताउँछन्।

यो वर्ष जोखिम बढी

यो वर्ष पहिरोले अझ बढी दुःख दिने विज्ञको अनुमान छ। यो सडकमा अहिले केही पुल तयार भएका छन् भने केही निर्माण भइरहेका छन्। यी पुल बनाउँदा पनि चिसेन्जी, तुइन, काली, सिमलताल र नाम्चे खोलामा पुल निर्माण गर्दा भित्ता काटिएकाले पहिरोको जोखिम बढेको हो।

विश्व बैङ्ककै एक अर्ब २७ करोड पाँच लाख रुपियाँ सहयोगमा २०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका १९ पुलमध्ये १५ वटा पुल अहिले निर्माण भइरहेका छन्। यीमध्ये ११ वटा पुलको निर्माण सम्पन्न भएकाले हस्तान्तरणको तयारीमा छन्। “नयाँ भित्ता काटिएकामध्ये सबैभन्दा जोखिम नाम्चे पुलसँगैको पहिरो हो। यसबाहेक १८ किलो र केराबारीमा पनि समस्या हुने देखिन्छ”, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भन्नुभयो। यससँगै यो सडकमा अहिले टोपेखोला, चार किलो, जलबिरे, भालुढुङ्गे क्षेत्रमा पनि पहिरोको जोखिम छ।

अस्थिर बन्यो पहाड

हाल सडक विभागमा कार्यरत भरतपुर डिभिजन सडक कार्यालय भरतपुरका पूर्वप्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाले पुनर्निर्माणकै क्रममा काटिएका पहाड स्थिर नभएकै कारण पहिरो चलिरहेको बताउनुभयो।

“हरेक वर्ष नयाँ–नयाँ ठाउँबाट पहिरो झरिरहेको छ। यसको कारणबारे अध्ययन हुन जरुरी त पर्छ नै तर सेट भएर बसेको राजमार्ग हामीले चलायौँ (पुनर्निर्माण गर्ने काम) फेरी सेट हुन पनि त समय लाग्छ,” उहाँले भन्नुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार यस वर्षको साउनयता मात्रै यो सडकमा २५ पटक पहिरो झर्दा १०९ घण्टा अवरुद्ध भएको घटनाले पनि यो सडकको यात्रा अझै असुरक्षित छ भन्ने देखाउँछ।

देशकै प्रमुख राजमार्गमध्येको एक हो नारायणगढ–मुग्लिन सडक। सङ्घीय राजधानी काठमाडाँैलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य अत्यावश्यक सामान पनि यही सडकबाट आपूर्ति हुन्छ। राजधानीलाई तराईका जिल्लासँग जोड्ने यो मुख्य सडक एकैछिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारीसाधन र लाखौँ यात्रु अलपत्र पर्छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, भूगर्भ शास्त्रका विभागीय प्रमुख खुमनारायण पौडेलले सडक विस्तारका क्रममा तालमेल नहुँदा पनि समस्या भएको धारणा व्यक्त गर्नुभयो। “एउटै बाटोको पुल बनाउँदा छुट्टै अनि सडक बनाउँदा छुट्टै पहाड काट्नुपर्ने भएपछि जोखिम त बढ्ने नै भयो नि। एकै पटक पहाड चलाएका भए यो समस्या हुन्थ्यो र ?,” उहाँले भन्नुभयो।

जैविक विधिबाट संरक्षण गर्छौं

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा स्रोत साधनको अभावमा एकै पटक ठूला आयोजना गर्न नसकिने बताउनुभयो। “यही सडक पनि स्रोत खोजेर बनाइएको हो। अनि एकै पटक कसरी सम्पन्न गर्न सक्छौँ,” उहाँले भन्नुभयो।

विज्ञहरूले औँल्याएजस्तो पहिरो नियन्त्रणमा हुने अध्ययन अनुसन्धान कमजोर नभएको पनि उहाँले दाबी गर्नुभयो। “हामीले विगतमा पृथ्वी राजमार्गलाई अति दुःख दिने कृष्णभीर, जोगिमारा जस्ता पहिरो त नियन्त्रण ग-यौँ भने नारायणगढ–मुग्लिन सडक माथिका पहिरो पनि नियन्त्रणमा आउनेछ,” उहाँले भन्नुभयो। कृष्णभीर र जोगिमारामा जैविक विधि अर्थात् वृक्षरोपण गरेर नै पहिरो नियन्त्रण गरिएको हो। यो काम नारयणगढ–मुग्लिन सडकमा पनि सुरु भइसकेको उहाँले बताउनुभयो।

भूगर्वविद् डा. रञ्जनकुमार दाहालले पहिरो नियन्त्रणमा परम्परागत विद्याभन्दा पनि नयाँ ज्ञान, सीपलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पहिला नयाँ शैलीबाट पहिरोको अध्ययन गरौँ। नियमन निकाय इञ्जिनियरिङ काउन्सिललाई जिम्मेवार बनाउँदै भूगर्वविद्ले ल्याएको सुझाव पालना गर्ने हो भने मात्रै पनि पहिरो नियन्त्रण गर्न सकिन्छ।” स्थानीय स्रोतसाधन र नवीनतम ज्ञान र सीपको भरपूर उपयोग गरेर भौगोलिक अवस्थालाई ध्यानमा राख्दै पहिरो नियन्त्रणको प्रयास गर्नुपर्ने उहाँको सुझाव छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा छ

Chitwan Aaja चितवन आज
शनिबार, चैत २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.