चितवन,चैत २३
चितवन क्षेत्र नं.२ मा उमेदवारी दिएका २४ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
स्वतन्त्र उमेदवारी दिएका चक्रपाणी न्यौपाने र सुदर्शन कंडेलले उमेदवारी फिर्ता लिएका हुन् ।
चितवन २ मा २२ जनाको उमेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजै उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्दैछ ।