चितवन,चैत २०
उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यका लागि योगलाल श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय नागरिक पार्टीका तर्फबाट श्रेष्ठले दर्ता गराएका हुन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्नेछन् ।