चितवन,चैत १५-
भरतपुर अस्पतालमा गुट्खा निषेध गरिएको छ । अस्पतालले आज (बुधबार) एक सूचना जारी गर्दै अस्पताल परिसरमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएको भन्दै गुट्खा,चुरोट,पराग विडी खैनी जस्ता सूर्तिजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरेको पाइएमा कारवाही गर्ने जनाएको हो ।
भरतपुर अस्पताल प्रशासनले सेवन गरेको पाइएमा १ हजार र बिक्री वितरण गरेको पाइएमा ५ हजार जरिवाना गर्ने सूचना मार्फत जानकारी गराएको छ ।















