चितवन,चतै १-
चितवनमा २ सय ३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनामा २३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
उनीहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको हो । ३७ प्रतिवादीबाट १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको डिएसपी पण्डितले बताए ।