चितवन, चैत १–
चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।
स्ववियु निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा आज बिहान तोडफोड गरेका हुन् ।
तोडफोडबाट क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ ।
क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफू निकटका विद्यार्थी संगठनलाई मात्र उपलब्ध गराएको आरोप लगाउँदै तोडफोड गरिएको हो ।
माओवादी केन्द्र निकटको अखिल ९क्रान्तिकारी, विप्लव निकटको अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, नेविसंघ, नेकपा एकिकृत समाजबादी निकट अनेरास्ववियू समाजवादी लगायतका विद्यार्थी संगठनले हिजो एक विज्ञप्ति जारी गरी प्लस टुका विद्यार्थीलाई पनि निर्वाचनमा सहभागी गराउन अनुरोध गरेका थिए ।
सप्तगण्डकीसहित चितवनका १० क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले फुटाएर प्रहरीको सहयोगमा चितवनमा निर्वाचन हुँदैछ ।