Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

विद्यार्थी राजनीति गरेर पनि टपर बनेका हरि : वीरेन्द्र क्याम्पसमा स्ववियु सचिबका उम्मेद्वार

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ३० –
पढाइ बिग्रन्छ की भनेर विद्यार्थी राजनीतिमा होमिन नचाहनेहरुको जमात ठूलै हुन्छ । पछिल्लो समय त विद्यार्थी नेता भनेका होहल्ला गर्ने, गुण्डागर्दी गर्नेहरुको समूह हो भन्ने भ्रम फैलिरहेको छ ।
विगतमा विद्यार्थी आन्दोलनले देशमा ठूलै परिवर्तन ल्याएको थियो । विद्यार्थी आन्दोलनबाट देशले असल नेताहरु पनि जन्मायो ।

तर पछिल्ला वर्षहरुमा विद्यार्थीहरुको रुचि राजनीतिप्रति कम हुँदै गएको अवस्था छ । यसमा थुप्रै कारणहरु होलान् । अहिले त्यता तिर नजाउँ ।

अहिले क्याम्पसमा नियमित आउने, अध्ययनशिल र जेहेनदार विद्यार्थीहरु राजनीतिमा खासै सक्रिय भएर लाग्न खोज्दैनन् । उनीहरुलाई राजनीतिले पढाइ बिगार्छ भन्ने डर हुन्छ । हुन पनि उनीहरु राजनीतिमा लागेका आफ्ना धेरै जसो सहपाठीहरु न कहिल्यै कक्षामा बसेको देख्छन् । न नियमित पास भएको थाहा नै पाउँछन् । परीक्षा दिन जाँदा घाँटी तन्काएर दायाँ बायाँ हेर्न खोज्ने, चिट चोर्न खोज्ने, यो गर्न नपाए पहिलो घण्टिमै बाहिरिने गरेको देख्छन् । हुन पनि पढेर भविष्यमा केही गर्न खोजेका विद्यार्थीले राजनीतिमा लागेका आफ्ना साथीहरुको हालत यस्तो देखेपछि कसरी राजनीतिमा लागुन ?

तर विद्यार्थी राजनीति गर्नेहरु सबै त्यस्ता पनि हुँदैनन् । अनि विद्यार्थी राजनीतिले गर्दा साँच्चै पढाइ बिग्रने पनि हैन । पढ्न चाहनेहरुलाई यसले केही फरक पार्दैन । विद्यार्थी राजनीति गरेर पनि पढाइमा सफल हुनेहरु थुप्रै छन् । त्यसै मध्येका एक ज्वलन्त उदाहरण हुन् वीरेन्द्र बहुमुखी क्याम्पस चौंथो वर्षमा अध्ययनरत हरि । विद्यार्थी राजनीति गरेर पनि टपर बन्न सफल हरि पौडेल सबैको प्रेरणाका स्रोत बन्न सक्छन् ।
बाग्लुङ्ग जैमिनी नगरपालिका ८ छिस्तिमा जन्मिएका हरिले प्लस २ सम्म उतै पढे । उनी ब्याचलर पढ्न २०७५ सालमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए ।

बीबीएस पहिलो वर्षमा भर्ना भएर अध्ययन सुरु गरेका हरिले अध्ययनसँगै विद्यार्थी राजनीतिलाई पनि सँगै अगाडि बढाए । अहिले चौंथो वर्षसम्म आइपुग्दा उनी व्यवस्थापन संकायका टपरका नामले परिचित छन् । अब उनको परिचय यतिमा मात्र सिमित रहेन । आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पदका उम्मेद्वार भनेर कलेजमा उनको अर्काे परिचय थपिएको छ । उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलबाट सचिव पदको उम्मेद्वार बनेका हुन् ।

कसरी टपर ?

उनले बिबिएस तर्फ अहिलेसम्म वीरेन्द्रमा कसैले पनि नल्याएको नम्बर ल्याउँदै इतिहास रचे । प्रथम वर्षमा ६९ प्रतिशत ल्याउँदै उनी पास भए । अहिलेसम्म प्रथम वर्षमा वीरेन्द्रमा कसैले पनि त्यति नम्बर ल्याएको थिएन ।

त्यसैगरी दोश्रो वर्षमा पनि आफ्नो क्षमतालाई निरन्तरता दिइरहे । यस्तो जेहेनदार विद्यार्थी आफ्नो क्याम्पसले पाएपछि क्याम्पस प्रशासन खुसी हुँदै उनलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निशुल्क अध्ययन गर्ने अवसर प्रदान गरेको छ । आफ्नो कक्षामा टप भएको साथै अहिलेसम्मकै सर्वाधिक नम्बर ल्याएको भन्दै क्याम्पसले उनलाई पुरस्कृत पनि ग¥यो ।

तेश्रो वर्षको नतिजा कुरिरहेका हरि १५ दिनपछिको चौंथो वर्षको परीक्षाको तयारी पनि गरिरहेका छन् । सँगसँगै ५ दिनपछि हुने स्ववियु निर्वाचनमा आफूलाई सचिव पदमा निर्वाचित गराउन भन्दै भोट माग्दै चुनावमा होमिएका छन् ।

उनलाई चौंथो वर्षको परीक्षादेखि कुनै डर छैन । चौंथो वर्षसम्म आइपुग्दा हरि यतिसम्म मेधावी (ट्यालेन्ट) बने की उनले आफ्नो कक्षाका साथीहरुलाई आफैले ट्युशन पढाइदिए । निःशुल्क ट्युशन पढाएका हरिले साथीहरुलाई सिकाएनन् मात्र पैसा पनि जोगाइदिए ।

आफूले चुनाव जितेमा विद्यार्थीलाई उद्यमशिलता तर्फ जोड्न निशुल्क प्राविधिक तालिमको व्यवस्था गर्न पहल गर्ने, प्रशासन, पुस्तकालय तथा अव्यवस्थित कक्षा कोठालाई व्यवस्थित गर्नलाई पहल गर्ने, खेल मैदानलाई व्यवस्थित बनाई नियमित खेलकुदा गराउन पहल गर्ने, विभिन्न शिर्षकका नाममा लिइँदै आएको शैक्षिक शुल्क घटाउन दबाब दिने, अनेरास्ववियुले उठाएका एजेण्डा पूरा गर्न पहल गर्नेछु भन्दै उनले विद्यार्थीहरुमाझ अहिले भोट मागिरहेका छन् ।

विद्यार्थी राजनीतिले नै आफूलाई अझै मिहिनेती र अनुशासित हुन सिकाएको भन्दै हरि आफूजस्ता जेहेनदार अरु विद्यार्थीहरुलाई पनि विद्यार्थी राजनीतिमा आउन आग्रह गरिरहेका छन् ।

– लेखक हिरालाल आचार्य ‘डायमण्ड’ वीरेन्द्र क्याम्पसमा हरि पौडेलसँगै अध्ययनरत विद्यार्थी हुन् । आचार्य चितवन आज डटकमका चितवन रिर्पोटर समेत हुन् । उनी समसामायिक विषयमा कलम चलाउने र खोज पत्रकारिता गर्ने गर्दछन् ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.