चितवन, फागुन २६
पेटमा रक्सीको बोतल भेटिएका युवकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा.नारायणप्रसाद बेलबासेले उनी सामान्य हिँडडुल गर्न थालेको बताए।
डा.बेलबासे नेतृत्वको स्वास्थ्यकर्मीको टिमले गत सोमबार बिहान रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको पेटको शल्यक्रिया गरी रक्सीको बोतल निकालेको थियो।