चितवन, माघ १३ –
भरतपुरमा रहेको अकारुई एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको एजुकेशन सेमिनार सम्पन्न भएको छ ।
सेमिनारमा जापानमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने ८० जना विद्यार्थी सहभागी भएका थिए ।
सेमिनारमा जापानको टाइकी कम्पनीका प्रतिनिधि तथा जापनिज एक्पर्ट योशुके नाकामुराले विद्यार्थीहरु समक्ष प्रस्तुती दिएका थिए । टाइकी कम्पनीले विद्यार्थीहरुलाई ४ लाख स्कलरसिपमा जापान पठाउने प्रस्ताव गरेको छ ।
साथै सेमिनारमा जापानमा उच्च शिक्षा अध्ययन गर्न जाने प्रक्रिया, त्यहाँ पुगेपछि जागिरको अवसर लगायतका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।








