चितवन – चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाको आक्रमणमा परी रत्ननगर नगरपालिका वडा नम्बर ९ लालपर्साका ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।
मिलिजुली सामुदायिक वन क्षेत्रमा पर्ने सडकमा बिहान मर्निङवाक गर्ने क्रममा तामाङलाई गैँडाले आक्रमण गर्दा मृत्यु गएको हो । तामाङको घटनास्थलमै मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानाकारी दिए ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













