Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

भूकम्पका कारण टर्कीमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

काठमाडौं, फागुन १
टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्।

दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ।

सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मै गएको उक्त प्रकोपको अवधिमा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ।

यतिबेला टर्कीकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ। यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन्।

भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन्। घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए।

यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ। अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो।

भूकम्प पीडित शहरमा चारैतिर आतंक छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृष्य देख्न सकिन्छ ।

मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको शुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन्।

यसैबीच यहाँको प्रहरीले भग्नावशेष क्षेत्रमा लुटपाट गरेको आरोपमा १०० भन्दा बढीलाई गिरफ्तार गरेको टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ।

‘मिडिया प्रतिबन्धका कारण’ गुमनाम रहन चाहने सुरक्षा स्रोतहरूका अनुसार टर्कीको दक्षिणी हाते प्रान्तमा क्षतिग्रस्त भवनहरूमा लुटपाटमा संलग्न रहेको आरोपमा ४२ जना संदिग्धमाथि अनुसन्धान गरिएको थियो। ती मध्ये ४० जनालाई पक्राउ गरिएको छ।

यसैगरी दक्षिणी गाजियन्टेपमा भूकम्प पीडितलाई फोनबाट ठगी गरेको आरोपमा इस्तानबुलमा कम्तीमा ६ जनालाई पक्राउ गरिएको सीएनएनले जनाएको छ।

देशका भूकम्प प्रभावित अन्य क्षेत्रहरूमा लुटपाट र डकैतीको आरोपमा कैयौं अन्य संदिग्धहरूलाई पनि पक्राउ गरिएको सीएनएनले बताएको छ।

संदिग्धहरूलाई कहरामनमारस, हाताय, अदियामान, मालत्या, ओस्मानी, अडाना, गाजियन्टेप र सानलिउर्फालगायत विभिन्न आठ प्रान्तबाट पक्राउ गरिएको हो।

भूकम्पमा भुकम्प प्रतिरोधी नयाँ केही भवनहरू पनि ढलेपछि भवन सुरक्षाको मापदण्डबारे प्रश्न उठेको छ।

आधुनिक निर्माणको प्रविधि अनुसार निर्माण भएका भवनहरूमा यो हदसम्मको धक्काबाट ठूलो क्षति हुन नहुने भन्दै निर्माण व्यवसायीसँग सरकारले स्पष्टिकरण मागेको छ।

यसैबीच टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ।

जसमध्ये टर्की प्रहरीले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।

भूकम्प प्रतिरोध घर निर्माण नगरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। करिब तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने समाचार एजेन्सी एपीले जनाएको छ।

सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्ट्राचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् ।

ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकालेपछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई पक्राउ गरिएको हो।

भूकम्पका क्रममा टर्कीका हजारौँ विशाल भवनहरू भत्किएका छन्।
सन् १९९९ मा देशको उत्तर पश्चिमी भूभागमा भूकम्पले १७,००० मानिसहरूको ज्यान लिएपछि भवन निर्माणको मापदण्डमा कडाइ गरिएको छ। – एजेन्सी

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु
विराटनगरको रोमाञ्चक जित
एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

ताजा समाचार

सबै

थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु

जेन्जी आन्दोलनका सहिद, ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

विराटनगरको रोमाञ्चक जित

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech