माधव सापकोटा
माघ २९,चितवन
भरतपुर -४, धर्मचोक लङ्कु, चितवनस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञको आजदेखि दोस्रो चरणको सुरुवात भएको छ ।
दोस्रो चरणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजको प्रवचन भइरहेको छ। आजसम्म नगद र बोलकबोल गरी झण्डै २ करोड रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो। महायज्ञमा देशका प्रमुख सन्त- महात्माहरू , शैक्षिक, राजनैतिक , सामजिक व्यक्तिहरूको आगमन भइरहेको छ।आज वासकृष्णदास ब्रह्मचारी, पूर्व सांसद जगन्नाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।
महायज्ञ उत्तरार्धतिर उन्मुख भइरहँदा भक्तजनहरूको भिड बढ्दै गइरहेको र सहयोगीहरूको उत्सुकता जागिरहेको संयोजक तुलसीराम सापकोटाले बताउनुभयो। आजको कार्यक्रम मन्दिरका संस्थापक केशवप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा तथा संस्थापक भुवानन्द चालिसेको सभापतित्वमा सम्पन्न भएको थियो।