२८ माघ, चितवन –
चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको छ ।
आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टी ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
जेसीवीको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैंडाको उद्दार गरिएको उहाँले बताउनुभयो । अन्दाजी १६ बर्षको सो गैंडालाई निकुञ्जले दुई बर्ष अघि मेघौलीबाट उद्दार गरी ल्याएको थियो ।






