काठमाडौं, माघ १५-
इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ ।
इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो ।
रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ ।
रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो ।
जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















