Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्ज : सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

नवलपुर, माघ १२-
चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

चोरी शिकारीबाट गैँडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले निकुञ्जको सुरक्षा मजबुत पार्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

रातको समयमा पनि सेनाहरुले सुरक्षा पहरा दिन थालेपछि संरक्षणसँगै मानवीय अन्य अप्रिय घटना रोकिने भन्दै नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा भने खुसी छन् । “माघको ७ गते रातिदेखि नै सेनाको गस्ती टोली गाउँमा आउन थालेका छन्” नवलपुरको मध्यबिन्दु–३ का जीवाखर पौडेलले भने,“रातिमा समेत सेनाको गस्ती हुन थालेपछि हामी ढुक्कसँग सुत्नसक्ने अवस्थामा पुग्यौँ ।”

सेनाको गस्तीले जङ्गली जनावरको सुरक्षासँगै गाउँमा हुने चोरी तथा अन्य अप्रिय घटना पनि रोकिने पौडेलको विश्वास छ । “सेनाले गस्ती बढाएपछि रातिमा हुने चोरीसहितका धेरै घटना रोकिन्छन्”, पौडेलले भने, “रातिमा खोरबाट बाख्रा चोरी हुने तथा घरभित्रैबाट सामान चोरी हुने घटना पनि रोकिन्छन् ।” यसअघि बाख्रा खोरमा थुनेर सुतेका स्थानीयको बिहान उठ्दा खोरबाट खसीबोका हराउने गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टमा खटिएका सुरक्षाकर्मीले यहाँ पहरा दिइरहेका छन् । मध्यबिन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले सेनाको गस्ती बढेसँगै रातिको समयमा हुने वन्यजन्तुको चोरी शिकारी तथा अन्य घटना रोकिने बताए । “स्थानीय संरक्षणमा सचेत भएकाले दिउँसोको समयमा वन्यजन्तु चोरी शिकारीका घटना हुन पाउँदैनन्”, महतोले भने, “रातिको समयमा सेनाले गस्ती बढाएपछि वन्यजन्तुको चोरी शिकारी पनि कम हुन्छ ।

वन्यजन्तुको संरक्षणका लागि सेना र निकुञ्जसँगै मध्यवर्तीका बासिन्दाको भूमिका महत्वपूर्ण रहेको वडाध्यक्ष महतोले बताए । “निकुञ्ज र सेना मिलेर गाउँगाउँमा युवालाई परिचालन गर्नेगरी समिति बनाउनु आवश्यक छ”, उनले भने,“पहिले निर्माण भएका चोरी शिकारी नियन्त्रण अभियान अहिले निस्कियजस्तै भए, फेरि सक्रिय बनाएर संरक्षणमा जुट्नुपर्छ ।” वन तथा वन्यजन्तु अमूल्य सम्पत्ति भएका भन्दै वडाध्यक्ष महतोले यसको संरक्षणमा स्थानीयलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका गणपति प्रमुख सेनानी शशीकुमार कार्कीले तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सर्तकता अपनाइएको बताए ।

“हामीले लामो समयसम्म जिरो पोचिङ राख्न सफल भएका थियौँ, एक्कासि माघ ६ गते नयाँ तरिकाले घटना भयो, त्यसले हामीलाई थप संवेदनशील बनाएको छ”, उनले भने, “हामीले सम्भावित घटना हुने ठाउँ पहिचान गरेर राति अस्थायीरुपमा पोस्ट स्थापना गरेर गस्ती गर्ने गरेका छौँ ।” सेनाले आवश्यकताअनुसार निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहभागी गराएर संयुक्त गस्ती गर्ने गरेको कार्कीको भनाइ छ ।

“मध्यवर्ती क्षेत्रका बासिन्दाबाट हामीलाई सूचना प्राप्त हुन्छ र सोहीअनुसार हामीले संयुक्त गस्ती बढाएका छौँ”, गणपति कार्कीले भने, “तस्करले नयाँ प्रविधि अपनाएर गैँडा मार्न थालेपछि त्यसको नियन्त्रणका लागि हामी थप सक्रिय भएर लागेका छौँ ।” माघ ६ गते भएको घटनाबाट गम्भीर भएर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी अगाडि बढेको कार्कीले बताए ।

निकुञ्जमा सेनाले पैदल, साइकल, गाडी, हात्ती र डुङ्गाबाट नियमित गस्ती गरिरहेको गणपति कार्कीले बताए ।

कार्कीका अनुसार निकुञ्जमा घटनाको अनुसन्धान र सुरक्षाका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने गरिएको छ । तस्करले गँैडा मारेपछि गस्तीमा कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी कार्यलाई तीव्र पारिएको उनले भने ।

निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको एकल र निकुञ्ज प्रशासनसहितको संयुक्त गरी ५७ पोस्ट छन् । माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्ट नजिक नारायणी नदीका बगर क्षेत्रमा दुई गैँडा मृत भेटिएका थिए । मध्यबिन्दु नगरपालिका–२ नन्दपुरमा पर्ने सो स्थानमा स्थानीयको सूचनाको आधारमा घटनास्थल पुग्दा गैँडाको माउ तथा बच्चा मृतावस्थामा भेटिएका निकुञ्जले जनाएको छ ।

चार वर्षीय भाले बच्चा र १४ वर्षीय माउको मृत्युबारे अनुसन्धान गर्दा विद्युतीय धरापमा पारेर मारिएको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । मृतावस्थामा फेला परेको गैँडाको खाग काटेर लगेका कारण पनि चोरी शिकारीबाट गैँडा मरेको पुष्टि भएको उनले भने । चालु आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ११ गैँडा मरेका छन् ।

मृत भेटिएकामध्ये आठ गैँडा कालगति, दुई गैँडा चोरी शिकारी तथा एउटा गैँडा बस्ती पस्ने क्रममा विद्युतीय धरापमा परेर मरेको निकुञ्जले जनाएको छ । सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए ।

विसं २०७८ साउनपछि चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । -रासस

Chitwan Aaja चितवन आज
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग
चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

ताजा समाचार

सबै

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.