Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

पूजा परियार

चितवन, माघ ८- मानसिक तनाव, अपहेलना र अविश्वासका बीच गाँजिएको वैवाहिक जीवनबाट मुक्ति पाउनका लागि सम्बन्धविच्छेद गर्नेहरुको संख्या वर्षेनी बढ्दै गइरहेको छ ।

सहज र सुखी जीवनको खोजीमा पछिल्लो समय धेरै महिला तथा पुरुषहरुले सम्बन्धविच्छेदको बाटो रोज्ने गरेका छन् ।

जीवनभर सँगै रहने बाचा सहित विवाहको पवित्र बन्धनमा बाँधिएको ४–५ महिना बिताएका देखि दशक कटाएका समेत सम्बन्ध विच्छेद गर्न भन्दै न्यायालयको ढोका ढकढक्याउन पुग्ने गरेका हुन् ।

जिल्ला अदालत चितवनमा चालु आथिक वर्षको ६ महिनामा मात्रै ६३५ वटा सम्बन्धविच्छेदका मुद्धा दर्ता भएका छन् । यी मध्ये ४०६ वटा मुद्धा फैसला भइसकेका छन् ।

गत आर्थिक वर्ष १ हजार ३०४ वटा मुद्धा दर्ता भएको जिल्ला अदालत चितवनले जनाएको छ । जसमध्ये १ हजार १७९ वटा मुद्धा फैसला भएका छन् भने १२५ वटा मुद्धा फैसला हुन बाँकी छन् ।

नयाँ कानुन लागुभएसँगै सम्बन्ध विच्छेद गर्नेमा पुरुषको संख्या बढेपनि तुलनात्मक रुपमा महिलाकै संख्या बढी रहेको तथ्याङमा देखिएको छ ।
पछिल्लो समय महिलाहरु हिंसाको प्रतिकार गर्ने र सम्मानका साथ आत्मनिर्भर भएर बाँच्न चाहने भएकाले सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको अधिकारकर्मीहरुको भनाइ छ ।

सम्बन्ध विच्छेदका प्रमुख कारण

वैदेशिक रोजगार
पछिल्लो केही वर्षमा सम्बन्धविच्छेदको प्रमुख कारण वैदेशिक रोजगार बन्न पुगेको छ । श्रीमान वैदेशिक रोजगारबाट फर्किदा श्रीमती र पसिना बगाएर कमाएको सम्पत्ति दुवै गुमाएर प्रहरीमा पुग्नेको संख्या बढ्दो छ ।

सँगै बाच्ने कसम खाएर जोडिएको सम्बन्ध धन कमाउने लक्ष्यसहित पति विदेश गएपछि एकाएक भत्कने गरेको छ । पत्नीको परपुरुषसँगको सम्बन्ध मात्र नभई पतिले कमाएको सम्पत्ती समेत लिएर हिँडिदिनाले दर्जनौं जोडीको सम्बन्ध तोडिएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहँदा श्रीमानको अन्य महिलासँग हुने सम्बन्धका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको जिल्ला अदालत चितवनले जनाएको छ ।

एक्स्ट्रा अफेयर
विवाहेत्तर सम्बन्ध, सम्बन्धविच्छेदको अर्को प्रमुख कारण हो । वैदेशिक रोजगारी तथा अविश्वासका कारण लामो समयसम्म भेटघाट नहुने, एक्लो बसाई, परिवारको आर्थिक तथा सामाजिक जिम्मेवारीले पनि श्रीमानश्रीमती नैै विवाहेत्तर सम्बन्धमा रहने गरेका छन् ।

अनावश्यक महत्वाकांक्षा र एक–अर्काबीच शंकाले गर्दा बाहिरी मान्छेसँग नजिकिने र भइरहेको सम्बन्ध टुट्ने गरेका छन् । एक्स्ट्रा अफेयरले समाजमा नैतिक तथा धार्मिक अनुशासन घट्दै गई जघन्य अपराधका घटना बढ्दै गइरहेको अधिवक्ता नारायण सापकोटाले बताए ।

‘श्रीमतीले श्रीमान्को र श्रीमानले श्रीमतीको अमानवीय र क्रुर रुपमा हत्या गरेको घटनाले के दम्पत्तीबीच विश्वास र माया नै हुदैंन त ? भन्ने प्रश्नचिन्ह खडा गर्छ । जसको उत्तर भने अविश्वास नै हो ।’ अधिवक्ता सापकोटा भन्छन् ।

सामाजिक सञ्जाल
देश दुनियाँलाई साँघुरो बनाएको आधुनिक प्रविधि (सामाजिक सञ्जाल) को प्रयोगले कयैंन जोडीको दुरी भने कहिले नछोटिट्ने गरी बढाएको छ । सामाजिक संजालको बढ्दो प्रयोग र त्यसको दुरुपयोग, बैदेशिक रोजगारबाट सृजित समस्या सम्बन्धविच्छेदका कारण हुन् ।

सामाजिक सञ्जालबाट सुरु भएका केही सम्बन्धले वैवाहिक जीवनलाई तोड्न भुमिका खेल्ने गरेको छ । यत्तिमात्रै नभई कलिलै उमेरमा विवाह गर्नु, अन्तरजातिय विवाह, उमेरको भिन्नता, हाडनाता, बहुविवाह, आधुनिक जीवन शैलीको नक्कल, देखासिकी जस्ता सम्बन्धविच्छेदका  कारणहरु रहेका छन् ।

डिर्भोसीको ट्याग
दम्पत्तीको सम्बन्धविच्छेद भएपछि समाजले लगाइदिने ट्याग हो डिभोर्सी । दुई परिवारबीच जोडिएको सम्बन्ध, मिठातिता अनुभव, भावनात्मक सम्बन्ध, दाम्पत्य जीवन, यससँग जोडिएका अमूल्य क्षण र सुनौला सपनाहरू त्यागेर सम्बन्ध बिच्छेद गर्नु महिला वा पुरुष दुवैका लागि चुनौतीपूर्ण काम हो । तै पनि सम्बन्ध विच्छेदपछि समाजले डिभोर्सीको ट्याग लगाइदिन्छ ।

डिभोर्सीको ट्याग पाएपछि पनि पुरुषलाई नयाँ जीवनको सुरुवात गर्न समाजले स्वीकार गर्छ । तर, त्यहीँ महिलालाई समाजले स्वीकार्न असहज मान्छ ।

मर्दको १० ओटी भन्ने उखानलाई चरितार्थ गर्दै पुरुषलाई महिना दिन नबित्दै नयाँ जीवन सुरुवात गर्न सुझाव दिने समाजले महिलालाई चरित्रमा औंला उठाउँछ ।

सम्बन्ध विच्छेदपछि महिलाले पाइलैपिच्छे कठिनाइको सामना गर्नुपर्छ । पुरुषका लागि नयाँ साथी खोज्न सुझाउने समाजले एक्लो महिलालाई भने कीगलत नजरले हेर्छ कि विचराको पात्र बनाइदिन्छ ।

एक्लो भनेपछि महिलालाई क्षणिक सम्बन्ध बनाउन खोज्ने र गलत नियतले हेर्नेको सामना धेरै गर्नुपर्ने ५ वर्षअघि सम्बन्धविच्छेद गरेकी भरतपुर १० की सपना थापा(नाम परिर्वतन) बताउँछिन् ।

आर्थिक अवस्था कमजोर भएका, साथमा सन्तान भएका महिलाका डिभोर्सी हुनु वैवाहिक जीवन भन्दा बढी कष्टकर बन्ने उनको भनाई छ । उनी भन्छिन्, ‘चरित्रमा दाग लगाउन खोज्ने, खुटा तान्ने, कुदृष्टि लगाउने र धेरै दुव्र्यवहारको सामना गर्नुपर्छ महिलाले’

सम्बन्धविच्छेद नयाँ जीवनको सुरुवात
वैवाहिक जीवनको अन्त्य नयाँ जीवनको सुरुवात समेत बन्ने गरेको छ । महिला होस् वा पुरुष सम्बन्धविच्छेद पछि व्यक्ति स्वयं बलियो हुन्छ ।

सम्बन्धविच्छेदले सकरात्मक र नकरात्मक दुवै पक्ष समेटेपनि महिलामा भने सकारात्मक परिवर्तन बढी आउने गरेको अधिवक्ता सुनिता अधिकारी बताउँछिन् ।

उनले सम्बन्ध तोडेपछि चरा जस्तै स्वतन्त्र भएर बाँचेकाहरू प्रशस्तै महिलाहरुलाई देखेकी छन् । तोडिएको सम्बन्धपछि पाउने स्वतन्त्रता, अधिकार र त्यसपछि आर्थिक रूपमा सबल हुने मौका सकरात्मक पक्ष हुन् ।

‘विशेषगरि महिलाहरुले सम्बन्धविच्छेदपछि अधुरो अध्ययन अगाडि बढाउने र सीप सिक्ने, आर्थिकरुपमा सवल हुन लागि पर्ने रसक्षम बनेका प्रशस्तै उदाहरणहरु छन्,’ अधिवक्ता सुनिता अधिकारी भन्छिन् ।

डिभोर्सी महिलामा सामाजिक र मानसिक यातनाका विरुद्ध संघर्ष गर्ने र प्रतिकूलतालाई चिर्न सक्ने क्षमता बलियो हुने गरेको उनको अनुभव छ ।

 

Chitwan Aaja चितवन आज
आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.