चितवन , पुष ३० –
थारु समुदायले मनाउने माघीको अवसरमा सौराहा थारु भिलेजमा विशेष सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ । चरा चोकमा रहेको थारु गाँउमा विभिन्न कलाकारले सांगितीक प्रस्तुती दिने छन् । पर्यटकिय आकर्षणका लागी संचालित थारु गाँउमा थारु संस्कृतिका सामाग्री र खानाको परिकार पाइन्छ ।
थारुको पर्वलाई विशेष कार्यक्रम गरी मनाउन लागेको थारु गाँउका संचालक मधु सिलवालले बताए । झण्डै तीन विगाहा क्षेत्रफलमा उनले थारु भिलेज बनाएका छन् । थारुको पोषाक , थारु जातीले प्रयोग गर्ने सामान , घर लगाएत थारु संस्कृतिका सामाग्री राखिएको छ ।
माघे संक्रान्तिको दिन कार्यक्रममा गायक हिमाल सागर , अनु चौधरी ,मिलन लामा , अस्मिता डल्लाकोटी , रविन लामिछाने , रोहित सिंह चौधरी , स्रिमन कँवरले गाउनेछन् । एक हजारको टिकटमा थारु सांस्कृतिक कार्यक्रम र खानाको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ । माघीलाई लक्षित गर्न पर्यटन आकषर्णको कार्यक्रम गरिएको सिलवालले बताए ।