चितवन, पुष २१-
चितवनमा पहिलो पटक मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ चितवनले मगर संस्कृतिको जर्गेना गर्ने लक्ष्यका साथ पुष २३ गते शनिबार खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आज भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पुरस्कार भने फागुन १५ गते मगर दिवसको दिन प्रदान गरिने नेपाल मगर साँस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आले मगरले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क दुई हजार तोकिएको छ भने मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका समेटिने छ ।
प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने नेपाल मगर साँस्कृतिक संघ चितवनले जनाएको छ ।