चितवन, पुष १७-
पुस १९ र २० गते चितवनमा होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने भएको छ ।
चितवनमा पहिलो महाधिवेशन पनि भएको महासंघको यसपटक चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा हुने भएको हो ।
नारायणगढमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाइए अनुसार सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब ७०० प्रतिनिधिहरु सहभागि हुनेछन् ।
चितवनमा आयोजना हुने सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चितवनका होटल व्यवसायी दिनेशकुमार चुके यसपटक अध्यक्ष पदका मुख्य दाबेदार हुन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






