चितवन, पुष १६-
भरतपुरमा रहेको नारायणी माध्यामिक विद्यालयले आज शनिबार हिरक महोत्सव मनाएको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्दै सम्बोधन गरेका छन् । कार्यक्रममा साँस्कृतिक कार्यक्रमसहित विविध कार्यक्रम गरिएको थियो ।
साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ ।
गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३ दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो ।
विसं २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार